नेम्वाङलाई अस्पताल लैजाने समय पनि पाएनन् परिवारले, मृत्युको कारण आधिकारिक रुपमा नखुलेको

मकवानपुर । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार बिहान निधन भयो । राति एक्कासी गाह्रो भएपछि परिवारका सदस्यले अस्पताल पुर्याउँदा नेम्वाङको नाडी, मुटुको धडकन र श्वासप्रश्वास चाल बन्द थिए ।
बालुवाटारस्थित निवासबाट सोमबार राति १ः५० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो, अस्पतालले ३ बजे मृत घोषणा गरेको थियो ।
शिक्षण अस्पतालका अनुसार अस्पताल ल्याइपुर्याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नमिल्ने भइसकेको थियो । नेम्वाङको मृत्युको कारणबारे त्रिवि शिक्षण अस्पतालले आधिकारिक रुपमा उल्लेख गरेको छैन ।