नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिको पूर्ण बैठक मंसिर १२ मा वस्दै

बकैया दर्पण संवाददाता
९ मंसिर २०८२, सोमबार ०८:४२

मकवानपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको पूर्ण बैठक आगामी मंसिर १२ गते वस्ने भएकाे छ । नेपाली काँङ्ग्रेस मकवानपुर जिल्ला कार्यालयले जारी गरेकाे सूचना अनुसार पूर्ण वैठक ईन्द्रसरोवर गाउँपालिका–१, मार्खु स्थित डी लेकसाइड होटलमा हुने भएको छ।

बैठकमा जिल्ला पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमिति सदस्यहरू, संघीय तथा प्रदेश क्षेत्रीय सभापति, महासमिति सदस्यहरू, नगरपालिका तथा गाउँपालिका सभापति, निर्वाचित अध्यक्ष–उपाध्यक्षहरूलाई अनिवार्य उपस्थिति लागि अाह्वान गरिएकाे छ ।

बैठकमा आगामी संगठन विस्तार, कार्ययोजना, राजनीतिक गतिविधि तथा जिल्लाभरीका संगठनात्मक विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*