मकवानपुर–१ (क) बाट कांग्रेस नेता दामोदर खनालसहित ३ जनाको नाम प्रदेशमा सिफारिस

बकैया दर्पण संवाददाता
१६ भाद्र २०७९, बिहीबार १६:५९

मकवानपुर । आगामी प्रदेशसभा निर्वाचनमा मकवानपुर–१ (क) बाट नेपाली कांग्रेस मकवानपुर १ का संघिय सभापति दामोदर खनाल प्रदेश सांसदको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस हुनुभएको छ । बिहीबार बसेको कांग्रेस मकवानपुर–१ (क) को प्रदेश कार्यसमिति बैठकले खनालसहित ३ जनाको नाम प्रत्यक्षतर्फ प्रदेशसभाको उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

नेता खनालसहित, भूमिनन्द गौतम र मिठाराम दाहाललाई सिफारिस गरेको छ । ०७४ मा नेता खनाल वकैया गाउँपालिकामा अध्यक्षमा विजयी हुनुभएको थियो भने भूमिनन्द गौतम प्रदेश कार्यसमितिमा सचिव हुनुहुन्छ । यस्तै मिठाराम दाहाल महाधिबेशन प्रतिनिधि हुनुहुन्छ ।

यसैगरी, बैठकले मकवानपुर–१ (क) बाट समानुपातिक तर्फको प्रदेशसभा उम्मेदवारका लागि रामशरण माझी, शुसान्त श्रेष्ठ, शेरबहादुर भोलन, भक्तबहादुर राई, ताराचन्द्र बजगाई, तुलसीराम लामिछाने, रामबाबु बानियाँ, मोहन प्रसाद ढकाल, तेजप्रसाद घिमिरे, अनिल बिक, शेरबहादुर घलान र मान बहादुर पाटालाई सिफरिस गर्ने निर्णय गरेको प्रदेश कार्यसमिति सचिव भूमिनन्द गौतमले वकैया दर्पणलाई बताउनुभयो । यस्तै समानुपातिक तर्फको महिला कोटाका लागि उर्मिला पुलामी, भानुमाया ठाडा र सुनिता राईलाई सिफारिस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*