भिरबाट लडेर महिलाको मृत्यु
मकवानपुर – मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।चैत २८ गते बिहान करिब ९ बजे हेटौडा–१४ नयाँबस्तीटोलकी ३५ वर्षीया सन्तोषी वाईवा आफ्नै माइतीघर भिमफेदी–६ सिमलटार गएकी थिइन्।

घाँस काट्न जान्छु भनेर घरबाट करिब २०० मिटर तल खहरे खोलातर्फ गएकी उनी लामो समयसम्म फर्किनन्। त्यसपछि आफन्तले खोज्दा सोही ठाउँको भिरबाट करिब ५०–६० मिटर तल गम्भीर अवस्थामा फेला परेकी थिइन्।

उपचारका लागि हेटौडा अस्पताल लगिएकोमा दिउँसो १२:४० बजे डाक्टरले मृत घोषणा गरेका हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

