बकैया–५ का खेलकुद संयोजक वाईबाद्वारा राष्ट्रपति रनिङ शिल्डका लागि प्रभात माविलाई १२ सेट जर्सी हस्तान्तरण

बकैया दर्पण संवाददाता
१८ माघ २०८२, शनिबार ०७:१०

बकैया,मकवानपुर – बकैया गाउँपालिका वडा नं ५ का खेलकुद विकास समितिका संयोजक बिनोद वाईबाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने प्रभात माध्यमिक विद्यालयको टिमका लागि १२ सेट जर्सी विद्यालयका प्रधानाध्यापक धनबहादुर बललाई हस्तान्तरण गर्नुभएको छ।

विद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा संयोजक वाईबाले विद्यार्थी खेलाडीहरूलाई उत्साहित गर्दै खेलकुद क्षेत्रको विकासका लागि वडा तथा समितिको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राष्ट्रपति रनिङ शिल्ड जस्तो राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुनु विद्यालय तथा विद्यार्थीका लागि गौरवको विषय भएको बताउनुभयो।

सामग्री ग्रहण गर्दै प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापकले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त जर्सीले खेलाडीहरूको तयारीमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही आउँदो माघ १९ र २० गते सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय तथा वडाको नाम उजागर गर्ने लक्ष्यसहित विद्यार्थी खेलाडीहरूले तयारी तीव्र बनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*