बकैयाले शुरू गर्यो दूध संकलन कार्य हट्ने भयो कृषकको भुक्तानी समस्या
बकैया दर्पण : बकैया गाउँपालिकाले आजदेखि बकैयामा रहेको ६ वटा दुग्ध सहकारी सहकारीबाट दूध खरिद गरि संकलन कार्य सुरु गरेको छ ।
एक सार्वजनिक कार्यक्रम गरेर ६ वटा हकरीसँग सम्झौता गरी गाउँपालिका को स्वामित्वमा रहेको कृषि उपज संकलन तथा बिक्री सेवा केन्द्रले कच्चा दूध संकलन कार्य शुरू गरेको हो ।गाउँपालिका भित्रका आम दूध उत्पादका कृषकहरुले लामो समयदेखि दूधको भुक्तानी समयमा पाउन नसकेकोले गाउँपालिकाले निर्णय गरेर यो कदम चालेको हो ।
सम्झौता अनुसार त्रीबेणी दूध उत्पादक सहाकारी सस्था लि.,पावस दूध उत्पादक सहकारी सस्था लि.,शिखरपुर दूध उत्पादक संस्था लि.,हात्तिखेला दूध उत्पादक सहकारी सस्था लि.,एकीकृत दूध सहकारी सस्था लि.र हात्तिसुडे दूध सहकारी सस्था लि. बाट दूध खरिद गरि संकलन कार्य सुरु भएको हो ।
बकैया गाउँपालिकाले कार्यपालिका बैठकबाट निर्यण नै गरी कच्चा दुःख संकलन कार्य शुरू गरेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बकैया दर्पणलाई जानकारी दिनु भएको हो ।
पालिकाले दुग्ध सहकारी बाट खरिद गरेको दुधलालाई जम्म गरि शिबपुरी फ्रेस डेरिलाई बिक्री गर्ने सम्झौता समेत गरेको छ ।
पालिकाले सहकारीहरुबाट कच्चा दूध खरिद गरी शिवपुरी डेरि फार्मलाई बिक्री गर्न गत वैशाख २६ गते सम्झौता गरेको हो ।तर आउने जेष्ठ १ गतेबाट खरिद तथा संकलन गर्ने भनिएता पनि आज बाट दूध खरिद गरि संकलन कार्य शुरू भएको हो । शिवपुरी डेरि फार्मलाई गत २६ गते पालिकामा सम्झौता गरेको हो।