बकैयामा विश्व स्मरण दिवस दीप प्रज्वलनसहित सम्पन्न
बकैया (मकवानपुर) ।बकैया गाउँपालिकामा विश्व स्मरण दिवस (World Day of Remembrance) विशेष कार्यक्रमका साथ मनाइएको छ।
आज 2025 नोभेम्बर 16 मा सामाजिक सडक सुरक्षा मञ्च बकैया द्वारा आयोजित कार्यक्रममा सडक दुर्घटनामा परी ज्यान गुमाएका तथा प्रभावित व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन गरिएको थियो।

कार्यक्रम सामाजिक सडक सुरक्षा मञ्च बकैया का अध्यक्ष जयबहादुर थोकर को अध्यक्षता तथा बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री को प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, हात्तीसुंडे प्रहरी चौकीका प्रमुख, अन्य सामाजिक व्यक्तित्वहरू र बुद्ध मावी मा अध्ययनरत विद्यार्थीहरूको समेत उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा सहभागीहरूले सडक दुर्घटना न्युनिकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सुरक्षित सडक, जिम्मेवार चालक र प्रभावकारी ट्राफिक व्यवस्थापनको आवश्यकता रहेको बताए।
सडक दुर्घटनाबाट पीडित परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै आगामी दिनमा सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
