मतदाता नामावली दर्ता तथा अध्यावधिक पुनः सञ्चालन

बकैया दर्पण संवाददाता
२३ चैत्र २०८२, सोमबार १६:३८

बकैया,मकवानपुर । निर्वाचन आयोग नेपाल अन्तर्गत प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश ले मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्य पुनः सञ्चालन गर्ने सूचना जारी गरेको छ।


प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न भई परिणामसमेत सार्वजनिक भइसकेपछि आयोगको निर्णयअनुसार आगामी २०८२ चैत २२ गतेदेखि पुनः मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु हुने जनाइएको छ।


सूचना अनुसार, नामावलीमा नाम नभएका तर राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकहरूले अनलाइन प्रणालीमार्फत विवरण भरेर नाम दर्ता गर्न सक्नेछन्। यस्तै, राष्ट्रिय परिचयपत्र नलिएका व्यक्तिहरूले ‘मतदाता नामावली प्रि–रजिस्ट्रेशन’ प्रणालीमार्फत आवेदन दिई सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएर फोटो खिचाउने तथा बायोमेट्रिक विवरण उपलब्ध गराउनुपर्नेछ।


त्यसैगरी, मतदाता नामावली अध्यावधिक गर्न चाहनेहरूले आवश्यक कागजातसहित अनलाइन आवेदन पेश गर्न वा सिधै सम्बन्धित कार्यालयमा उपस्थित भई विवरण सच्याउन सक्नेछन्।
आयोगले सबै योग्य नागरिकलाई समयमै आफ्नो नाम दर्ता तथा अध्यावधिक गराउन आग्रह गरेको छ, जसबाट आगामी निर्वाचनमा मतदान अधिकार सुनिश्चित गर्न

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*