नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बकैया गाउँकमिटीको अन्तिम बैठक सम्पन्न
(बकैया)मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बकैया गाउँकमिटीको अन्तिम बैठक तथा पार्टी एकता तयारी बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै एकता प्रक्रियालाई दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ।

बैठककाे अध्यक्षता गर्दै बकैया गाउँकमिटी अध्यक्ष बिमल नेपालले पार्टी पुनर्गठन, कार्यशैली सबलीकरण र एकतालाई व्यवहारिक रूपमा लागू गर्न सबै तह–तप्काका कार्यकर्ताहरू एकजुट हुनुपर्ने बताएका छन्। उनले पार्टीको आन्तरिक एकता सुदृढ हुनु नै आगामी राजनीतिक यात्राको आधारभूत आवश्यकता भएको बताए।

कार्यक्रममा प्रमुख अतिथि प्रेमबहादुर पुलामी, तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताहरूको उपस्थितिमा बैठक सम्पन्न गरिएको थियो।
बैठकले स्थानीय संगठन विस्तार, कार्ययोजना निर्माण तथा एकतापछि अपनाइने रणनीतिबारे विस्तृत छलफल गरेको गाउँकमिटीले जनाएको छ।
