बकैया गाउँपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण

बकैया दर्पण संवाददाता
३० चैत्र २०८२, सोमबार २२:४८

बकैया,मकवानपुर – बकैया गाउँपालिका मा आज बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समुदायस्तरमा पोषण सुधार गर्ने उद्देश्यले स्वयंसेविकाहरूलाई विभिन्न विषयमा जानकारी प्रदान गरिएको थियो।

अभिमुखिकरणमा सन्तुलित आहार, बालबालिका तथा गर्भवती/सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्ने उपाय, कुपोषणका कारण र त्यसबाट बच्ने तरिकाबारे विस्तृत रूपमा छलफल गरिएको थियो। साथै, स्थानीय स्तरमै उपलब्ध खाद्य सामग्री प्रयोग गरी पोषणयुक्त आहार तयार गर्ने तरिकाबारे पनि प्रशिक्षण दिइएको थियो।

 

स्वास्थ्य प्रमुख रमेश फुयल का अनुसार यस्ता अभिमुखिकरण कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्दै समुदायमा पोषणसम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै गाउँ–टोलसम्म पुर्‍याउन आग्रह समेत गर्नुभयो।


कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले सिकेका ज्ञानलाई समुदायमा पु¥याई जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकले यस्ता कार्यक्रमले समुदायको स्वास्थ्य र पोषण अवस्थामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*