हात्तिसुडेमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर, एक जनाको मृत्यु

बकैया दर्पण संवाददाता
२६ कार्तिक २०८२, मंगलवार २१:१५

मकवानपुर — बकैया गाउँपालिका–३ हात्तिसुडेमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मदन भण्डारी लोकमार्गमा मंगलबार  साँझ करिब ५:५० बजे हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका ७१ वर्षीय खडकबहादुर घलानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट टाउको र अनुहारमा चोट लागेका घलानलाई स्थानीयले तुरुन्तै उपचारका लागि हेटौंडा चुरेहिल अस्पताल पुर्याएका थिए। तर उपचारको क्रममा साँझ करिब ७:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

मोटरसाइकल चालक २५ वर्षीय देवराज बिक, बकैया–७ निवासी, र पछाडि सवार २० वर्षीय देवराज धानुकी, बागमती गाउँपालिका–६ निवासी, दुबै जना सामान्य रूपमा घाइते भएका छन्। उनीहरूको हात्तिसुडे मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको छ।

घटनाको अनुसन्धान जारी रहेको हात्तिसुडे प्रहरी चौकीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*