नयाँ वर्षमा हेटौँडामा खुला दौड : बकैयाका राजकुमार गोले प्रथम

बकैया दर्पण संवाददाता
२ बैशाख २०८३, बुधबार ०७:३८

मकवानपुर –  नयाँ वर्षको अवसरमा नेपाल तरुण दल हेटौँडा उपमहानगरपालिका–६ नं वडा समितिद्वारा आयोजित ५ किलोमिटर खुला दौड प्रतियोगितामा मकवानपुरको बकैया गाउँपालिकाका राजकुमार गोले प्रथम भएका छन्।


प्रतियोगितामा बकैयाकै अनिष थिङ दोस्रो र राक्सिराङका सुभाष हेमजंग तेस्रो भए। प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।महिला तर्फ हेटौँडा–१३ की साधना लोप्चन प्रथम, सोही स्थानकी गंगा मोक्तान द्वितीय र हेटौँडा–३ की स्वस्तिका थिङ तृतीय भएका छन्।


नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा नेपाल तरुण दलका जिल्ला सदस्य राजकुमार बास्तोलाको सभापतित्व रहेको थियो।


प्रतियोगितामा ४ जना महिलासहित ३० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। नेपाल तरुण दलले नयाँ वर्षको अवसरमा हरेक वर्ष खुला दौड प्रतियोगिता आयोजना गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*