खहरे खोलाले बलेरो बगायो
बकैया दर्पण संवाददाता
८ भाद्र २०८१, शनिबार १३:५४
बकैया दर्पण : अविरल वर्षाका कारण खहरे खोलाको भेलले बलेरो भ्यान बगाएको छ ।
मकवानपुरको बागमती गाउँपालिका वडा नं. १ गोठखोला स्थित गुहे खोलामा आएको भेलले शुक्रवार साँझ ना ४ च ८४०९ नम्बरको बलेरो भ्यानलाई बगाएको हो ।
भ्यानमा रहेका चालक र सवार एकजना भने सकुशल रहेको मकवानपुर प्रहरीले जनाएको छ । भ्यानमा रहेको किराना सामान बगाइ नष्ट भएको स्थानीयले जनाएको छ ।#anirudra khabar