बकैयामा बानियाँद्धारा ७ करोडको गुम्बा शिल्यान्यास

बकैया दर्पण संवाददाता
१ असार २०७९, बुधबार १६:०४

मकवानपुर । पूर्वी मकवानपुरको बकैया वडा ५ तीनतलेमा बौद्ध शिक्षा विद्यालय सहितको सेडुप छ्योइलिङ अहिंसावादी गुम्बाको शिलान्यास भएको छ ।

बकैया गाउँपालिकाले कुल ७ करोड लागत लाग्ने गरी तयार पारिएको डिपिआर अनुसार निर्माण हुन लागेको सो गुम्बाको शिलान्यास नेपाली काँग्रेस वागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गर्नु भएको हो ।

 

शिलान्यासको क्रममा नेता बानियाँले धर्म आस्थाको प्रतिक भएकोले जुनसुकै जात र समूदायको व्यक्तिले सत्य, न्याय, अहिंसा र मानवताका लागि गुम्बा निर्माणको पक्षका लाग्न जायज भएको वताउनु भयो । नेपाल वहुभाषा, धर्म र समूदायको साझा वसोवास स्थल भएकोले सबैको रक्षार्थ काम गर्न आफू तयार रहेको वताउदै आफुले शिलान्यास गरेको यो गुम्बा आफैँले निर्माण सम्पन्न गर्ने समेत प्रतिवद्धता गर्नुभएको छ  ।

नेपाल अहिंसावादी वौद्ध धर्म विश्वशान्ति चक्र संघको केन्द्रिय महासचिव प्रेम दोर्जे बल लामाले गुम्बा निर्माणका लागि १ विगाह १२ गठ्ठा जग्गा दान दिएका हुन् । गुम्बा निर्माण समितिले जानकारी दिए अनुसार गुम्बा क्षेत्र भित्र वुद्ध शिक्षा विद्यालय, वृद्धाश्रम, सभाहल र पिकनिक स्पोट समेत रहने छ । निर्माण हुने यो गुम्बा मकवानपुर जिल्लाकै नमुना गुम्बा हुने विश्वास लिइएको छ । नमुना गुम्बा निर्माणका लागि दुर्गामाइ सामूदायिक वन उपभोक्ता समितिले २० लाख रुपैँया सहयोग गरेको छ ।

 

शिलान्यास कार्यक्रमा बकैया गाउँपालिकाका निवर्तमान अध्यक्ष दामोदर खनाल, वर्तमान उपाध्यक्ष भक्त बहादुर खत्री, गुम्बाका मुख्य पुजारी प्रेम दोर्जे बल लामा, वडा नं. ५ का अध्यक्ष लक्ष्मी जिम्बा र निवर्तमान वडा अध्यक्ष शेरमान घलानले मन्तव्य राख्नु भएको थियो ।

 

चन्द्रमाया वलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा, नेपाल काँग्रेस वागमती प्रदेश सदस्य रामशरण माझी, बकैँया गाउँ समिति सभापति दिलबहादुर भोम्जन, बकैया गाउँपालिकाका इन्जिनियर प्रमोद रिजाल, दुर्गामाई सामूदायिक वनका अध्यक्ष अर्जुन खड्का लगायत स्थानिय नेता तथा भद्रभलाद्मीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*