बारा विमानस्थल तनावग्रस्त : जेनजी समूहको विरोधका कारण उडान रोकियो
बारा — एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत मधेस प्रदेश युवा जागरण अभियानमा सहभागी हुन आज बारा आउँदैछन् भन्ने सूचना सार्वजनिक भएपछि सिमरा विमानस्थल क्षेत्रमा जेनजी समूहका युवाले तीव्र विरोध प्रदर्शन गरेका छन् ।
बिहानैदेखि विमानस्थल घेराउ भइरहेपछि जनपथ र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको छ । प्रदर्शनकारीहरू धावनमार्गमै पुगेपछि बुद्ध एयरको काठमाडौं–सिमरा उडान रोकिएको छ ।
पूर्व मन्त्री किसान श्रेष्ठलगायतका एमाले नेताहरू विमानस्थलमै उपस्थित भए पनि बस्नेत भने अझै नआएका छन् । प्रदर्शन चर्किएपछि यात्रुहरूलाई जहाजबाट झारेर अर्को सूचना नआएसम्म उडान स्थगित गरिएको बुद्ध एयरले जनाएको छ ।
