नेपाली कम्युनिष्ट पार्टी बकैया गाउँ कमिटीको एकताको विस्तारित बैठक सम्पन्न

बकैया दर्पण संवाददाता
३० मंसिर २०८२, सोमबार १६:१७

बकैया, मकवानपुर । नेपाली कम्युनिष्ट पार्टी बकैया गाउँ कमिटीको आयोजनामा एकताको विस्तारित बैठक आज मिति २०८२ साल पौष २९ गते सफलतापूर्वक सम्पन्न भएको छ।

बैठकमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, एकतालाई अझ मजबुत गर्दै जनतासँगको सम्बन्ध विस्तार गर्ने विषयमा केन्द्रित रही छलफल गरिएको थियो। साथै, समसामयिक राजनीतिक अवस्था, पार्टीको भूमिका तथा आगामी दिनमा सञ्चालन गरिने संगठनात्मक कार्यक्रमबारे समेत विस्तृत छलफल  गरिएको थियो।

कार्यक्रममा कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका विभिन्न तहका नेतागणको,गाउँ कमिटी, वडा कमिटी तथा विभिन्न जिम्मेवारीमा रहेका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले पार्टी एकता नै आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै अनुशासित, जनमुखी र जिम्मेवार संगठन निर्माणमा सबै कमरेडहरू एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए।

बैठकले पार्टी संगठनलाई गाउँ तहदेखि जनस्तरसम्म विस्तार गर्दै जनसमस्याको पहिचान र समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। साथै, आगामी दिनमा राजनीतिक चेतना अभिवृद्धि, संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउने निष्कर्ष निकालिएको छ।

कार्यक्रमको अन्त्यमा आयोजक बकैया गाउँ कमिटीका अध्यक्ष बिमल नेपालले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि तथा विभिन्न तह र तप्काका सम्पूर्ण पार्टीका नेताहरुलाई  हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*