मकवानपुरमा ८६४३ जना मतदाता थप

बकैया दर्पण संवाददाता
३१ श्रावण २०७९, मंगलवार १०:३७

मकवानपुर । मकवानपुरमा ८ हजार ६४३ जना मतदाता थपिएका छन् । जिल्लामा असार १ गतेदेखि साउन १९ गतेसम्ममा ८ हजार ६४३ जनाले मतदाता नामावलीमा नाम दर्ता भएको बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, जिल्लामा ४ हजार ५१७ जना पुरुष र ४ हजार १२६ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । जसमध्ये बाहिरी जिल्लाका २ सय ७२ रहेका छन् । उनीहरुको नामावली सम्बन्धीत जिल्लामा पठाईने जनाइएको छ । यसअघि, बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मकवानपुरमा १८ वर्ष उमेर नाघेका २ लाख ९४ हजार ९१९ जना मतदाता रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*