बागमती गोल्डकप: नव जनजागृती सेमिफाइनलमा

रबिन्द्र वाईबा
बकैया दर्पण संवाददाता
१८ बैशाख २०८३, शुक्रबार २०:१४

बागमती : त्रिभुवन आर्मी क्लबलाई हराउँदै सिमराको नव जनजागृती मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। जनजागृतीले शुक्रबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा आर्मीलाई टाइब्रेकरमा ४-३ गोलले हराएको हो।

निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। आर्मीका लागि कप्तान भरत खवासले खेलको ८ औं मिनेटमा र जनजातृतीका सन्तोष गोङ्बाले दोस्रो हाफको अतिरिक्त समय ९३ औं मिनेटमा गोल गरे।

नव जनजागृतीका लागि टाइब्रेकरमा सुदिप लामा, रन्जय चौधरी, विक्रम थोकर, सन्तोष गोङ्बाको प्रहार गोलमा परिणत भयो भने समीर नेपालीको प्रहार गोलपोष्टमा ठोकिएर फर्कियो।

आर्मीका लागि दिनेश हेन्जन, पेम्बा दोर्जे लामा र जिलेस्पिजंग कार्कीको प्रहार गोलमा परिणत भए ।आर्मीका विमल पाण्डे र सुजन खत्रीका प्रहार सेभ गरेका सिमराका गोलरक्षक युनेश चौधरीले रोके । प्लेयर अफ दि म्याच चौधरी घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*