बकैया–५ मारहेका सबै सामुदायिक विद्यालयमा विद्यार्थीलाई पूर्ण निशुल्क शिक्षा
बकैया (मकवानपुर )— बकैया गाउँपालिका वडा नम्बर ५ मा रहेका चार विद्यालयले विद्यार्थीलाई निशुल्क भर्ना तथा पढाइको सुविधा दिन थालेका छन्। कर्म प्राप्ती मावि, प्रभात मावि, गितावर आबि र किसान जागरुक सिद्धार्थ प्राविले वडा नं – ५ कि अध्यक्ष लक्ष्मी जिम्बा सक्रियतामा पूर्ण रूपमा निशुल्क शिक्षा प्रदान गरेको वडा सदस्य अमृत थिङले जानकारी दिनु भयो
नेपाल सरकारले विद्यालयस्तरमै निशुल्क शिक्षा व्यवस्था लागू गरेको भए पनि बकैया सहित देशका धेरै विद्यालयमा अहिले पनि ‘शुल्क’ लिने प्रचलन रहेको गुनासो पाइँदै आएको छ। तर, बकैया–५ का यी विद्यालयमा भने अब कुनै पनि किसिमको शुल्क नलिने निर्णय कार्यान्वयनमा आएको हो।
स्थानीय अभिभावकले यस कदमलाई स्वागत गर्दै सबै विद्यालयले सरकारी नीति अनुसार पूर्ण निशुल्क शिक्षा दिनुपर्ने बताएका छन्। बकैया–५ को यो पहल स्थानीय तहमा शिक्षा क्षेत्रमा सकारात्मक उदाहरण बन्न सक्ने बताइएको छ।
