मधेश प्रदेशकी सांसद बिन्दुकुमारीको निधन

बकैया दर्पण संवाददाता
२६ भाद्र २०८०, मंगलवार १२:१५

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।

४४ वर्षीया यादवको मंगलबार बिहान साढे ८ बजे निधन भएको हो । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा यादवको निधन भएको बताइएको छ ।

पाठेघरको मुखको क्यान्सरबाट पीडित यादवको लामो समयदेखि उपचार चलिरहेको थियो। बिगत १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा यादव भर्ना हुनुहुन्थ्यो ।

समानुपातिक सांसद रहनु भएकी यादवको पार्थिव शरीरलाई पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*