थाहा–१२ टिष्टुङमा ट्रक दुर्घटना, राजमार्ग अवरुद्ध

बकैया दर्पण संवाददाता
२१ चैत्र २०८२, शनिबार ०६:४८

मकवानपुर: त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङमा ट्रक दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।आज (मिति २०८२ चैत २१ गते) बिहान करिब ०१:३० बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १७५० नम्बरको ट्रकको अगाडिको दाहिने साइडको पट्टा भाँचिँदा ट्रक सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनाका क्रममा चालक धादिङ बेनिघाटरोराङ गाउँपालिका–२ मौवाखोला बस्ने अन्दाजी २७ वर्षीय धुर्व घले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टाको पौतालामा सामान्य चोट लागेको छ। घाइते चालकलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उद्धार तथा सडक खुलाउने कार्य गरिरहेको छ। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र सडक पूर्ण रूपमा अवरुद्ध भएकाले सवारी आवागमन प्रभावित भएको छ।हाल सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*