बकैया–७ मा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, १७ टिमको सहभागिता
बकैया – मकवानपुरको बकैया गाउँपालिका–७ घमनटोलमा पालिका स्तरीय ‘डबल A साइड’ ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। चैत्र २० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो।हात्तीखोला युवा क्लबको आयोजनामा, वडा कार्यालयको समन्वय र घमनटोल स्पोर्ट्स क्लबको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगितामा बकैया–११ का सहदेब लामिछाने र उज्ज्वल दाहाल विजेता बन्दै नगद रु ७,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। बकैया–९ का हिराकाजी जिम्बा र भक्त लामा भ्लोन उपविजेता बने।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले खेलकुदले युवालाई सकारात्मक दिशातर्फ अघि बढाउन सहयोग गर्ने बताए।
