आइतबारका लागि तोकिएको राष्ट्रिय सभा बैठक स्थगित

मकवानपुर । आउँदो आइतबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
बैठक भदौं २४ गते आइतबार ११ बजेर १ मिनेटमा बस्नेगरी तय गरिएको थियो ।
संघीय संसदका महासचिव डा। भरतराज गौतमले आज शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम राष्ट्रिय सभाका अध्यक्षले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित भएको जनाउनु भएको छ ।