कोरोनाकालका बिमितलाई तत्काल रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छः महेश बर्तौला

बकैया दर्पण संवाददाता
१८ भाद्र २०८०, सोमबार १४:३२

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका विमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।

सरकारले सो विमावापतको करिब ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेसँग माग गर्नुभएको हो । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सचेतक बर्तौलाले सरकारले नागरिकको सरोकारको विषयमा बेवास्ता गरिरहेको आरोप समेत लगाउनु भयो ।

सचेतक बर्तौलाले मकवानपुरस्थित इन्द्रसरोबर तालको तत्काल सफाई गर्न पनि सरकारलाई दवाव दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*