यिनीहरु जाल बिछ्याउँदै हिँडेका छन्, माकुराको जालोमा भैंसी पर्दैनः केपी शर्मा ओली

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १४:३३

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानूनभन्दा बाहिरबाट कुनै निर्णय नगरेको दाबी गरेका छन् । पार्टीेनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पालामा कानून पल्टाएर मात्रै निर्णय गरेको बताए ।

त्यसबारे उनको भनाइ जस्ताका तस्तैः

अहिले यस्तो भ्रष्टाचारको काण्डहरु भइरहेका छन् त्यस्तो काण्डहरुलाई छोप्न सजिलो छ एमालेले गर्यो भनेर । राम्रो काम केही गरेन नराम्रो मात्रै गर्यो । अब कसैकसैले छाप्न सक्छ केपी ओलीलाई हत्कडी लायो जेल भयो भनेर । कसैले मलाई गोली हान्नसक्छ आपत्ति छैन, तर मलाई पञ्चायकालमा जस्तै गरेर हुँदै नभएको कुरामा १० वर्ष कैद गर्ने १० वर्ष भुक्तान भइसकेपछि ४ वर्ष यसै थुन्यो । अहिले पनि त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो ।

झुटैमा जाने हो भने कानूनले केपी ओलीलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ राख्दै राख्दैन । राखेकै छैन । केपी ओली ढुक्कले भन्छ । मलाई थाहा छ विरोधीहरु छन् तिनीहरुले सत्यका विरुद्ध काम गर्छन् । तिनीहरु हाम्रा विरुद्ध आइलाग्न सक्छन् । म सचेत छु कानूनी रुपमा पनि कतै एक शब्द नचिप्लियोस् ।

मेरा काम कारबाहीहरु म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शव्द नचिप्लियोस् भनेर मैले कानून पल्टाइ पल्टाइ फैसला गरेको छु । निर्णय गरेको छु । त्यसका कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन । माकुराको जालोमा भैसी पर्दैन भन्ने यीनिहरुले बुझ्नुपर्छ ।

यिनीहरु केपी ओलीलाई पार्न माकुराको जाला पार्दै हिँड्छन् । केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिंगले थाहा पाउँछ न जिउँले थाहा पाउँछ। केपी ओली आफ्नो देश बनाउने अभियानमा अगाडि बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*