कांग्रेसका नेता कार्कीको निधनमा दुई दिन पार्टी झण्डा आधा झुकाउने

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १२:५२

मकवानपुर । कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनको शोकमा नेपाली कांग्रेसले बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने र बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो । कार्कीको बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*