राप्रपा र एमालेका सांसदहरुले गरे कोशी प्रदेशसभाको बैठक बहिस्कार

बकैया दर्पण संवाददाता
६ भाद्र २०८०, बुधबार १५:५०

मकवानपुर । नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको आजको बैठक बहिस्कार गरेका छन् ।

बुधबार बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा गत सोमबार सभाध्यक्ष इस्राइल मन्सुरीले अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै एमाले र राप्रपाले बैठक बहिस्कार गरेका हुन् । सभाध्यक्षको कुर्सीमा बस्नु भएका मन्सुरीले थापालाई विश्वासको मत दिनु भएको थियो ।

सभाध्यक्षको कुर्सीमा बसेको ब्यक्तिले मुख्यमन्त्री थापाको पक्षमा मत दिनुलाई एमाले र कांग्रेसले अमर्यादित भन्दै आएका छन् । सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै बैठक शुरु हुनासाथ एमाले र राप्रपाका सांसदले नाराबाजी सुरु गरेका थिए । एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो । अर्को सूचना नहुञ्जेल प्रदेश सभा बैठक स्थगित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*