सिंहदरबारमा शीर्ष नेताहरुको बैठक सुरु

बकैया दर्पण संवाददाता
६ भाद्र २०८०, बुधबार १२:३६

मकवानपुर । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

बैठकमा सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे छलफल हुनेछ ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको बैठक बुधबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*