माधवको भूराजनीतिक विश्लेषण– पश्चिमाले नेपाललाई भारतसँग राम्रो बनाएर चीनविरुद्ध उकास्न खोज्दैछन्

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १३:०९

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पश्चिमाले नेपालाई भारतसँग राम्रो बनाएर चीनविरुद्ध उकास्न खोजेको विश्लेषण गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पश्चिमसँग चीनको अन्तर्विरोध चर्किदा भारत बढी सुरक्षित हुने उनको बुझाइ छ।

प्रतिवेदनमा भनिएको छ, ‘चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनका विरुद्ध उकास्ने काम पश्चिमले गर्दैछ । त्यस्तै, पश्चिमसँग चीनको अन्तर्विरोध चर्किदा भारत बढी सुरक्षित हुनेछ । दुवै एशियाली र प्राचीनतम सांस्कृतिक परम्परा भएका चीन र भारत कुनै दिन एक ठाउँमा उभिन सक्छन्‌ भन्ने चिन्ताले पश्चिमको रणनीति प्रभावित भइरहने छ । आधुनिक भारत र चीनको जन्मदेखि नै पश्चिमले यस पक्षलाई ध्यान दिएको छ ।’

दुवै मुलुकमाथि निगरानी राख्नका लागि पश्चिमले नेपाललाई विभिन्न रूपमा प्रयोग गरिरहेको छ÷गरिरहने उल्लेख गरेका छन्।

नेपालको राजनीति र अर्थतन्त्रमा पश्चिमले विभिन्न बहानामा दबाब दिइरहने प्रतिवेदनमा उल्लेख गरेका छन्।

एउटा कम्युनिष्ट पार्टीका रूपमा आफूलाई बचाउँदै नेपालमा समाजवादको निर्माण गर्नु ठूलो अर्को चुनौती रहेको विश्लेषण गरेका छन्। (नेपालप्रेस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*