गृहमन्त्री श्रेष्ठमाथि खनिए देउवा र ओली

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १३:०२

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंगलबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा कांग्रेस सभापति देउवाले गृहमन्त्री हटाउनुपर्ने प्रस्ताव गरेका थिए ।

उनले गृहमन्त्रीमाथि माओवादीका नेताहरु विभिन्न काण्डमा जोडिए पनि सामान्य अनुसन्धानसमेत नगरेको तर कांग्रेसका नेता छानी छानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । देउवा बढी आक्रोशित भएपछि गृहमन्त्री श्रेष्ठले नै विषयान्तर गरेका थिए ।

‘आज सभापतिज्यूलाई के भएछ ? किन आक्रोशित हुनुभएको ?’ भन्दै उनले विषयान्तर गर्न खोजेपछि रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले देउवालाई रोकेका थिए ।

सोमबार पनि गृहमन्त्री श्रेष्ठमाथि बैठकमै एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखे ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिनमा ‘कोट पनि छोडिन्न टार पनि छोडिन्न’ भन्ने अभिव्यक्ति दिएका थिए । सो विषयलाई लिएर ओलीले आक्रोश व्यक्त गरेका थिए ।

“गृहमन्त्रीलाई गर्न खोजेको के हो भनेर ओली जङ्गिनुभयो । कोट नि छोडिन्न टार पनि छोडिन्न भनेको के हो ? गृहमन्त्रीको हैसियतबाट यस्तो भन्न मिल्छ ? कि प्रमाणित गर्नुहोस् नभए जे मन लाग्यो त्यही बोल्न मिल्छ ? भन्दै ओलीले आक्रोश पोख्नुभयो,” बैठकमा सहभागी ती नेताले भने ।

जवाफमा गृहमन्त्री श्रेष्ठले आफूलाई पत्रकारहरुले प्रश्न गरेपछि त्यसको जवाफमात्र दिएको भन्दै स्पष्टीकरण दिएको ती नेताले बताए ।

“मलाई राजनीतिक हस्तक्षेप भयो भने के गर्नुहुन्छ भनेर पत्रकारले गरेको प्रश्नमा भनेको हो । बालुवाटार वा बालकोटबाट दबाव आए पनि छानबिन रोकिन्न भनेको हुँ । नियोजित भनेको हैन भनेर गृहमन्त्रीले जवाफ दिनुभयो,” ती नेताले भने ।

तीन घण्टासम्म चलेको बैठकमा एक अर्काले घोचपेचमा उत्रिएको पनि उनले जानकारी दिए । सोमबार बसेको उक्त बैठकले एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन समिति बनाउने र सदन चलाउने सहमति गरेको छ ।

समिति भने सीआईबीले प्रतिवेदन बुझाएपछि निर्माण गर्ने सहमति भएको ती नेताले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*