सत्ता गठबन्धनको निर्णय अनुसार कोशीका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

बकैया दर्पण संवाददाता
४ भाद्र २०८०, सोमबार १४:०६

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् ।

सोमबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।

मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुख सृजना दनुवारले सोमबार १ बजे समय तोकिदिइन् । तर प्रदेशसभाको बैठक बस्ने दिन बिहान उनी उपचारका लागि भन्दै काठमाडौं हिँडेपछि सत्ता गठबन्धन अलमलमा परेको थियो ।

किनकी एमालेका ७ र राप्रपाका एक जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुन सूचना दिएका छन् भने काठमाडौं उड्नुअघि उपसभामुख दनुवारले अध्यक्ष मण्डलमा रहेकी कांग्रेस प्रदेशसभा सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी थिइन् ।

मन्सुरीले बैठकको अध्यक्षता गरेर मतदान नगर्दा मुख्यमन्त्री थापाले विश्वासको मत नपाउने भएकाले सत्ता गठबन्धन अलमलमा परेको थियो । सत्ता गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य छन्, जुन ९३ सदस्यीय प्रदेशसभाको टुप्लुक्क बहुमत मात्र हो ।

तर उपसभामुखले आह्वान गरेको बैठकले अरुले स्थगित गर्न नमिल्ने भएकाले सोमबार नै विश्वासको मत लिने निर्णय भएको कोशी प्रदेश, माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*