उपसभामुखले संसदीय परम्परा तोडेको आरोप, आज विश्वासको मत नलिने मुडमा मुख्यमन्त्री थापा

बकैया दर्पण संवाददाता
४ भाद्र २०८०, सोमबार १२:३२

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापा आज विश्वासको मत नलिने मुडमा देखिएका छन् । उनले आफूलाई भदौ १३ गतेसम्म विश्वासको मत लिन पाउने सुविधा भएकाले त्यो समयसम्म लिने विश्वास व्यक्त गरेका छन् ।

आजै विश्वासको मत लिने तयारी गरिरहेको बेलामा उपसभामुख सृजना दनुवार काठमाडौं हिँडेपछि आज विश्वासको मत लिने सम्भावना नभएको उनको भनाइ छ बताए । बैठक बोलाएर आफैं बिरामी भएको भन्दै काठमाडौं हिँडेको उनको टिप्पणी थियो ।

आज विश्वासको मत लिने विषयमा १२ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने उनको भनाइ छ । प्रतिपक्षी दलबीच विपक्षी दलहरूसँग समेत परामर्श गरेर समय तोकेको थापाको भनाइ थियो ।

उनले भने, ‘हामीले प्रदेशमा मिलेर जान चाहेका छौं । तर, उहाँहरू एउटा कुरा गर्ने काम अर्को गर्ने भयो । विश्वासको मत दिन मन नभए समय नदिएको भए हुन्थ्यो नि ।’

उनले उपसभामुखले संसदीय परम्परा तोड्ने काम गरेको आरोप लगाए ।

उनले भने, ‘संसदीय परम्परालाई उहाँले तोड्ने काम गर्नुभयो । यो व्यवस्थालाई धरापमा पार्ने काम गर्नुभएको छ । यसले राज्य व्यवस्था र संसदीय व्यवस्थामा द्वन्द्व सिर्जना गर्ने काम गर्नुभएको छ । हामी द्वन्द्वबाट जाँदैनौं सहमतिबाटै जान चाहन्छौं ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*