सभामुख घिमिरे र प्रमुख सचेतकको संसद अवरोध खुलाउन गरिएको छलफलमा भएन सहमति

बकैया दर्पण संवाददाता
३ भाद्र २०८०, आईतवार १३:२७

मकवानपुर । प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरसँग गर्नु भएको छलफलमा सहमति जुट्न सकेन ।

सभामुख घिमिरेले संसद अवरोध खुलाउने बिषयमा संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग संसद् बैठक बस्नु अघि छलफल गर्नु भएको हो । प्रतिनिधि सभाको आजको बैठक बस्नु अघि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न राजनीतिक दलका सचेतकहरसँग छलफल गर्नुभएको हो । सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गर्दे आइरहेको छ । एमालेले सुन तस्करी प्रकरणको छानविन गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने माग राख्दै गत साउन १० यताका संसद बैठकमा अवरोध गर्दै आइरहेको छ ।

साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै ६१ किलो तस्करीको सुन समातेको थियो । त्यसको छानविनका लागि एमाललेले उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै आएको हो । आइतबार प्रतिनिधि सभाको आजको बैठक १ बजेका लागि बोलाइएपनि अहिलेसम्म बस्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*