‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छ भन्ने उपप्रधानमन्त्री खड्काको दाबी

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८०, बुधबार १४:१७

मकवानपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेस गर्ने बताउनुभएको छ ।

उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका ऐनहरुको निर्माण कार्यलाई पनि सरकारले प्राथमिकता साथ अघि बढाएको दाबी गर्नुभयो ।

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुनेगरी सो ऐन ल्याउने आश्वासन समेत दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रको सीमालाई ध्यानमा राखेर आफ्नो मागहरु राख्न कर्मचारीहरुलाई पनि पटकपटक सचेत गराउनुभयो ।

उपप्रधानमन्त्री खड्काले मुलुकमा विद्यमान समस्याहरु सरकार र सम्बन्धित पक्षको साझा समस्या भएकाले समाधानका लागि पनि दुवै पक्षबीच साझा पहल हुनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*