सत्तारुढ दलहरुले संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८०, बुधबार १२:३२

मकवानपुर । सत्तारुढ दलहरुले संसदको अवरोध खुलाउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्तारुढ दलहरुका शिर्ष नेताहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेलगायतका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*