सुुदूरपश्चिमको मन्त्री छनोटलाई लिएर नागरिक उन्मुक्तिभित्र चर्को विवाद

बकैया दर्पण संवाददाता
१७ श्रावण २०८०, बुधबार १६:०३

मकवानपुर । सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि सिर्जना भएको छ । नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो ।

पार्टी नेतृत्वबाट मन्त्री बनाउने आश्वासन पाएपछि गत बैशाखमा प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन् । ‘यार गद्दार निकला । राजनीतिक पाखण्डवाजको घनघोर भर्त्सना गरौं’, चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

चौधरीले आफ्नो स्टाटस मन्त्री छनोटको निणएयप्रति लक्षित भएको बताए । ‘संगठन एजेन्डाले बन्छ, व्यवहारले बिग्रिन्छ । राजनीति गर्छु भन्ने नाममा पाखण्डवाद मौलायो ।

त्यसको विरोधमा बोलेको हुँ’, चौधरीले अनलाइनखबरसँग भने, ‘हाम्रो पार्टी नीति, विधि तथा पद्धतिअनुसार चल्न सकेको छैन । नीतिगत रुपमा मास्ने र अवसरबाट वञ्चित गराउने परिपाटी हाबी भयो ।’

चौधरीले पाँच वर्षसम्म जनप्रतिनिधिविहीन भएको टीकापुरले अधिकार, पहिचान र विकासका लागि ठूलो क्षति व्यहोरेको बताउदै अहिले टीकापुरलाई पूर्वाग्राही व्यवहार गरिए विरोध गर्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीले गत बैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी फेरेको थियो ।

उनीहरुको ठाउँमा संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिएको थियो । संसदीय दलका नेता घनश्याम चौधरीले एक मन्त्री र राज्यमन्त्री मात्र पाएकाले भागवण्डा मिलाउन समस्या भएको बताए ।

उनले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय सर्वसम्मत रुपले गरिएको बताउदै अन्य प्रदेशसभा सदस्यहरुको पनि सम्मानजनक व्यवस्थापन गरिने बताए ।

‘हामी ७ जना प्रदेशसभा सदस्य छौँ । सातै मन्त्री बन्ने अवस्था छैन नि । हाम्रो पार्टीबाट दुई जना मात्र मन्त्री बन्ने हुन्’, चौधरीले अनलाइनखबरसँग भने, ‘उहाँ(लक्ष्मणकिशोर) लगायतका सबै माननीयज्यूहरुको पनि उचित व्यवस्थापन गरिन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*