प्रधानमन्त्री दाहालका ज्वाइँले मन्त्रीमा दाबी गरेपछि कोशीका मुख्यमन्त्रीको सपथ सर्‍यो

बकैया दर्पण संवाददाता
१७ श्रावण २०८०, बुधबार १२:४५

मकवानपुर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको बुधबार बिहान लिने भनेको पद तथा गोपनियताको सपथ पर सरेको छ ।

मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले आज बिहान साढे १० बजे प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँले मन्त्रीमा दाबी गरेपछि सपथग्रहण सरेको हो ।

थापालाई मुख्यमन्त्री बनाउन प्रदेश सभामुखबाट राजीनामा दिनुभएका बाबुराम गौतमलाई माओवाली केन्द्रले मन्त्री बनाउन लागेकोमा आचार्यले गौतमलाई रोक्दै आफूले मन्त्रीमा दाबी गर्नुभएको एक माओवादी नेताले जानकारी दिए । प्रदेशमा माओवादीभित्रको बिवादले सपथ साँझ ५ बजेलाई सरेको छ । आचार्य यसअघि एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा बनेको कोशी प्रदेश सरकारमा पनि मन्त्री बन्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*