कोशीको मुख्यमन्त्रीमा दोस्रोपटक उद्धव थापाको दाबी पेस

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १७:०९

मकवानपुर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन् ।

साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै पद बदर गरिदिएपछि प्रदेश प्रमुखले आज ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आव्हान गरेका थिए ।

त्यसबेला थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले प्रदेशसभा सदस्यको हैसियतमा हस्ताक्षर गरेका थिए । सर्वोच्चले सभामुखको उक्त कदम संविधानविपरीत भएको ठहर गरेपछि थापाको सरकार ढलेको थियो ।

अहिले माओवादीबाट निर्वाचित सभामुख गौतमलाई राजीनामा गराएर गठबन्धनले सरकारको दाबी गरेको हो । केही समयअघि मात्रै काठमाडौबाट विराटनगर आएर गौतमले सभामुख पदबाट राजीनामा दिइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*