सभामुख गौतमले दिए राजीनामा

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १६:३८

मकवानपुर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि आफ्नो तटस्थ भूमिका त्यागेका हुन् । उनले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै गौतमले प्रदेशको स्थायीत्वका लागि आफ्नो राजीनामा उचित हो भन्नेमा आफू सहमत नभए पनि परिस्थितिले बाध्य भएको बताए । ‘प्रदेशको समग्र विकास र स्थायीत्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन । मेरो प्रष्ट कुरा छ । म कसैसँगअप्ठेरो नमानी भन्न सक्ने कुरा त्यही नै हो’ उनले भने, ‘तर परिवेशले मलाई त्यहाँ पु¥यायो र मैले त्यो (राजीनामा) गर्ने भएँ ।’  (अनलाइनखबर)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*