उपसभामुखसमक्ष राजीनामा दिन्छुः सभामुख गौतम

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १६:२५

मकवानपुुर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिन लागेको बताएका छन् ।

काठमाडौंमा रहेका गौतम अहिले विराटनगर आइपुगेका छन् ।

गौतमले आफू भर्खरै विराटनगर विमानस्थल आइपुगेको जानकारी दिँदै भने, ‘अब यहाँबाट प्रदेशसभा सचिवालय गएर राजीनामा दिन्छु ।’

उनले सीधै प्रदेशसभामा गएर उपसभामुखलाई सम्बोधन गरेर राजीनामा बुझाउने बताए ।

प्रदेश प्रमुखले सरकारको नेतृत्वका लागि दाबीका गर्न दिएको समय सीमा एक घण्टामात्र छ । गठबन्धनका नेताहरू सभामुखबिना बहुमत नपुग्ने भएकाले उनलाई राजीनामा गराउन कुरेर बसेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*