सदनमा अन्य दलले आफ्नो कुरा राख्न पाउने, सरकारबाट समितिको प्रतिबद्धता नआए पुनः अवरोध गर्ने

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १३:५७

मकवानपुर । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेले अन्य दललाई आफ्नो कुरा राख्न दिने भएको छ । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएको एमालेले आकस्मिक समयमा सबैलाई आ–आफ्नो कुरा राख्न दिने भएको हो ।

सरकारले समिति गठन गर्ने प्रतिबद्धता नजनाए बैठक पुनः अवरोध गर्ने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले अहिलेसम्म सरकारले समिति गठनको लागि कुनै जवाफ नदिएको बताए ।
एमालेले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नता रहेको भन्दै राजीनामा मागिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*