नागरिक उन्मुक्ति सुदूर पश्चिम सरकारमा सहभागी हुने, दुई वटा मन्त्री पाउने

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १२:३०

मकवानपुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) दुइवटा मन्त्रालय पाउने भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
आज मंगलबार बिहान प्रधानममन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो । नाउपाले कृषि मन्त्री र कृषी राज्यमन्त्री पाउने सहमति भएकाले बिहिबार सरकारमा सहभागी हुने नाउपाका एक नेताले जानकारी लिए । त्यसका लागि भोलि बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने ती नेताले जानकारी दिए ।

नाउपा साउन ८ गते नै सरकारमा सहभागी हुन तयारी गरेको थियो । तर मन्त्रालय भागवण्डा नमिल्दा रोकिएको थियो । त्यसैगरी नाउपाले प्रदेशमा दुईवटा संसदीय समितिको सभापति पनि पाउने भएको छ । नाउपालाई सरकारमा सहभागी गराउने विषयमा सोमबार प्रधानमन्त्री दाहाल,सुदुर पश्चिममा मुख्यमन्त्री कमल बहादुर शाह,नाउपाकी अध्यक्ष एवं भूमी व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठ र पार्टी नेता रेशम चौधरीबीच छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*