मधेस प्रदेशका जनमतका मन्त्रीले दिए राजीनामा

बकैया दर्पण संवाददाता
१५ श्रावण २०८०, सोमबार १२:५१

मकवानपुर । मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले पार्टीको निर्देशनानुसार सोमबार राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेका थिए । कुशवाहाले सम्हालेको भूमि व्यवस्था, कृषि तथा सहाकारी मन्त्रालयको जिम्मेवारी खोसेर सो पदमा नेकपा ९एकीकृत समाजवादी०का प्रदेशसभा सदस्य गोविन्द न्यौपानेलाई नियुक्त गरिएको थियो । त्यसपछि कुशवाहा र उक्त मन्त्रालयका राज्यमन्त्री यादव विना विभागीय बनेका थिए ।

दुवैलाई हटाएर अब विस्तार गरिने मन्त्रिपरिषद्मा प्रदेशसभामा पार्टीका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री र मञ्जु खंगलाई राज्यमन्त्रीका रूपमा पठाउने जनमतको तयारी छ । आज मधेस मन्त्रिपरिषद् विस्तार गरिने तयारी छ ।

अहिले गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवले नै सम्हालेका छन् । नेपाली कांग्रेसले गृह तथा सञ्चार र जनमतले श्रम तथा यातायात मन्त्रालय पाउने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*