आधा घण्टाका लागि राष्ट्रियसभा बैठक स्थगित

बकैया दर्पण संवाददाता
११ श्रावण २०८०, बिहीबार १२:१४

मकवानपुर । राष्ट्रियसभा बैठक आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ । राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गर्नु भएको छ ।

गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयक टेबल भएको हो ।

यो सँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार नै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गर्नु भएको छ । राष्ट्रियसभाबाट बिहीबार नै यो विधेयक पारित गर्ने तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*