वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये सुन प्रकरण पनि एक हो भन्ने रवि लामिछानेको दाबी

बकैया दर्पण संवाददाता
१० श्रावण २०८०, बुधबार १६:२७

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सरकारले सुन प्रकरण वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये अर्को एउटा सेटिङ भएको बताउनु भएको छ ।

लामिछाने नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे आइपुग्दा यसमा जनता अचम्मित नभएको र भष्ट्राचारबारे बानी परिसकेको बताउनु भएको छ । जुनसुकै प्रकरणमा सरकारले फाइल खोले पनि जरोसम्म नपुगेको उहाँले बताउनु भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘हरेक विषय सरकारले सुरू गर्छ, अलि जरोसम्म पुग्छ कि भन्यो अड्किन्छ, गिजोलिन्छ । भुटानी शरणार्थी प्रकरणमा जरो कहाँ सारा जनतालाई थाहा छ, सुरूवात गर्‍यो सरकार अड्कियो ।’ ललिता निवास काण्डको जरो कहाँ छ खोज्न पनि आग्रह गरेका छन् । यो प्रकरणमा पनि सरकार जरोसम्म नपुगेको उहाँले बताउनुभयो ।

‘कुनै विषय गिजोल्ने मात्र होइन जरोमा पुर्‍याउने सहास लिएको हो भने ठिक छ,’ तर, ‘केही कर्मचारी थुनेर, सरूवा गरेर फाइल खोलेझैं गर्ने हो भने सरकारको दिन गन्न सुरू भयो । उहाँले भन्नुभयो । ’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*