एमालेको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्ने धारणा

बकैया दर्पण संवाददाता
१० श्रावण २०८०, बुधबार १६:२१

मकवानपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधीसभाको बैठकमा आकस्मिक समय बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले यस्तो बताउनु भएको हो ।

मन्त्रीहरुको सेटिङमा सुन तस्करी भएको दाबी गर्दै एमाले प्रमुख सचेतक गिरीले यसबारे छानबिन गर्न संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्नु भएको छ ।

प्रमुख सचेतक गिरीले भन्नुभयो, ‘राजश्व अनुसन्धान विभागलाई सूचना प्राप्त हुँदा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई थियो कि थिएन ? अवश्य थियो’ उनले भने, कर्मचारीको सेटिङले मात्र यस्तो सुन तस्करी भएको छैन ।’

उहाँले गृहमन्त्री अब कुर्सीमा बस्न कुनै पनि हिसाबले लायक हुनुहुन्न । अब कुन नैतिक धरातलमा त्यो पदमा बस्न सुहाउँछ ? ’ भन्दै संसदमा प्रश्न समेत गर्नु भएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुन सुकै कोट वा टार होस् म कारबाही गर्छु भनेर जजनतामा भ्रम छरेको प्रमुख सचेतक गिरीले बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*