सुन प्रकरणको जरैसम्म पुगेर छाड्छुः गृहमन्त्री श्रेष्ठ

बकैया दर्पण संवाददाता
९ श्रावण २०८०, मंगलवार १५:५८

मकवानपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने बताउनु भएको छ ।

मंगलबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको कुराकानीमा श्रेष्ठले अनुसन्धान जारी रहेकाले सो प्रकरणको जरैसम्म पुग्न निर्देशन गरिसकेको बताउनु भयो । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार अन्त्य गर्ने अभियानमा लाग्दा आफूलाई बिभिन्न तत्वले असफल बनाउन खोजेपनि आफू अघि बढ्ने उल्लेख गर्नुभयो ।

उहाँले भ्रष्टाचारीहरुको नेक्सस ठूलै रहेकाले बिभिन्न ढंगबाट यो अभियानलाई रोक्न खोज्नु स्वभाविक भएको, तर त्यसलाई असफल पारेरै छाड्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध, सुशासनको अभियान अगाडि बढाउन र संवृद्धिको लक्ष्य हाँसिल गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण तथा झण्डै सय किलो सुन प्रकरणमा प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको उहाँको भनाई छ । मन्त्री श्रेष्ठले सबै निकायलाई समन्वय गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालको नयाँ ढंगले सुरक्षा व्यवस्थन मिलाउने पनि बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*