न्यायाधीश सुष्मालता र तिलप्रसादको इजलासमा कोशी सरकारबारे रिटको पेसी

बकैया दर्पण संवाददाता
८ श्रावण २०८०, सोमबार १२:०४

मकवानपुर । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिनुभएपछि कोशीका मुख्यमन्त्री एवं कांग्रेस नेता उद्धव थापा नेतृत्वको सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेको थियो । पूर्व मूख्यमन्त्री एवं एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले गत असार २२ गते सर्वोच्चमा रिट हाल्नु भएको थियो ।

संघीय सरकारमा रहेका गठबन्धन दलहरुले कोशी प्रदेशको एमाले सरकार ढाल्ने क्रममा सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गर्नुभएको थियो ।

सरकार गठनमा सभामुख गौतमको समेत हस्ताक्षर गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन लिनुभएको थियो । कोशीमा सबैभन्दा ठूलो सदको रुपमा एमाले रहेको छ ।

कार्कीले थापालाई मुख्यमन्त्रीबाट हटाएर आफूलाई मुख्यमन्त्रप् बनाउनु पर्ने माग समेत रिट निवेदनमा गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*