संसदलाई लम्पीस्किन रोगबारे जानकारी गराउन सभामुखको रुलिङ

बकैया दर्पण संवाददाता
२९ असार २०८०, शुक्रबार १५:३४

मकवानपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेपछि सभामुख घिमिरेले उक्त रोगकाबारे सरकारले गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गर्नुभएको हो ।

बैठकमा सांसदहरुले पशु चौपायामा लम्पीस्किन रोग भयाबह बन्दै गएको र किसानहरुलाई ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरुले सो रोग नियन्त्रणका लागि गाउँ–गाउँमा प्राविधिक पठाउनुका साथै खोवको प्रबन्ध गर्न माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*