बागमती प्रदेशसभा बैठकको अध्यक्षता गर्न ५ जना सदस्य मनोनित

बकैया दर्पण संवाददाता
१८ पुष २०७९, सोमबार १६:५३

मकवानपुर । बागमती प्रदेशसभाको नियमित बैठक संचालनको क्रममा सभामुख र उपसभामुख अनुपस्थित रहँदा बैठक संचालनको अध्यक्षता गर्न लागि विभिन्न दलकोे ५ जना सदस्य मनोनयन गरिएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको पहिलो बैठकले उनीहरुको नाम मनोनयन गरेको हो ।

उक्त अध्यक्षता गर्ने सदस्यहरुमा क्रमशः प्रदेशसभाका सदस्य उर्मिला नेपाल (नेपाली कांग्रेस), भारती पाठक (नेकपा एमाले), लक्ष्मी घिमिरे (राप्रपा), डा. राजेन्द्रमान श्रेष्ठ (एकीकृत समाजवादी) र ठाकुर प्रसाद ढकाल (नेकपा माओवादी केन्द्र) रहेका छन् ।

बैठकमा ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले आज बिहान बसेको सर्वदलीय बैठकले सहमति दिएको भनि नाम सार्वजनिक गरेका थिए । प्रदेशसभाको अर्को बैठक पुस २९ गते दिनको ११ बजे बस्ने गरी बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*